• नेपालमा सन् २०२० मा २३० हजार पर्यटक , पर्यटनलाई पुनर्जीवित पार्न अझै दुई वर्ष लाग्ने अन्तर्राष्ट्रिय निचोड

    नेपालमा सन् २०२० मा २३० हजार पर्यटक , पर्यटनलाई पुनर्जीवित पार्न अझै दुई वर्ष लाग्ने अन्तर्राष्ट्रिय निचोड

    ट्राभल बिज न्यूज —

    काठमाडौँ  – नेपालले सन् २०२०  लाई भ्रमण वर्षको रुपमा मनाएर  देशमा कम्तिमा २०  लाख पर्यटकहरुलाई स्वागत गर्ने लक्ष्य निर्धारण गरेको बेला विश्वमा कोरोना भाइरस महामारीको प्रकोप फैलदै  जाँदा नेपालपनि प्रभावित भएकोले सन् २०२० मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या अत्यन्त न्यून रहेको छ /

    कोरोना महामारीको कारण नेपालले आगामी केही वर्षसम्म पर्यटन व्यवसायलाई सन् २०१९ को स्थितिमा  फर्काउन अनेकन चुनौती सामना गर्नु पर्नेछ भने पर्यटनलाई पुरानै स्थितिमा फर्काउन दुई तीन  वर्ष लाग्ने पर्यटन व्यवसायीहरुको अभिमत छ /

    संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  जारी गरेको सन् २०२० को पर्यटन स्थिति प्रतिवेदन अनुसार सन् २०२० मा नेपालमा हवाईमार्गबाट १८३,१३० ,स्थलमार्गबाट ४६,९५५  समेत गरी कुल २३०,०८५ पर्यटकहरु नेपाल भित्रिएका थिए , जबकि अघिल्लो  वर्ष सन् २०१९  मा हवाइमार्गबाट ९९५,८८४  तथा स्थलमार्गबाट २०१,३०७ समेत  कुल ११  लाख ९७ हजार १९१  पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए / सन् २०२० मा पर्यटक आगमनमा अघिल्लो वर्ष भन्दा ८० प्रतिशत कमी भएको सरकारी तथ्यांक छ /

    सन् २०२०  मा सबैभन्दा बढी भारतबाट पर्यटकहरु नेपाल आएका थिए भने त्यसपछि म्यान्मा ,  थाइल्यान्ड चीन र संयुक्त राज्य अमेरिकाबाट पर्यटकले नेपाल भ्रमण गरेका थिए /नेपालको पर्यटन जगतमा सबैभन्दा बढी पर्यटक  भारत ,चीन ,संयुक्त राज्य अमेरिका , बेलायत तथा श्रीलंकाबाट आउने गर्दछन् /

    सन् २०२०  मा सबैभन्दा बढी १३९,२०२ पर्यटक  बिदा मनाउन , २८,५३०  तीर्थयात्रा तथा ३५,८९३ पदयात्रा र पर्वतारोहणका लागि नेपाल आएका थिए / सन् २०२० मा १५३ टोलीका ४४७  आरोहीले नेपालका विभिन्न हिम श्रृंखलाका आरोहण प्रयास गरेका थिए भने सन् २०१९ मा  पर्वतारोहणका लागि नेपाल आउने आरोहीमा विभिन्न १९२१  टोलीका ८२०२ पर्वतारोही थिए /

    पर्वतारोहण बाट सन् २०१९ मा  करिब ५७ करोड रुपिया राजस्व उठेकोमा  सन् २०२०  मा करिब १५ करोड राजस्व पर्वतारोहण क्षेत्रबाट प्राप्त भएको थियो /

    नेपालमा हाल १४२ स्टार होटल , ११७१ नन स्टार  होटल , ३७४३ ट्राभल एजेन्सी तथा २७९७ ट्रेकिंग एजेन्सी रहेको मन्त्रालयले जनाएको छ /

    कोरोना भाईस महामारीको कारण  विश्व पर्यटनलाई पूर्ववत स्थितिमा फर्काउन अझै तीन वर्ष लाग्ने विश्व पर्यटन संघकाे एक अनुसन्धानले देखाएको छ /अन्तर्राष्ट्रिय पर्यटनको वर्तमान स्थितिको अध्ययन अनुसन्धान गर्ने विश्वभरिका अन्तर्राष्ट्रिय संस्थाहरूले सन् २०२१  को अन्त्यसम्म विश्वका विभिन्न राष्ट्रहरुमा आन्तरिक पर्यटन प्रवचनको सुरुवात हुने बताए पनि अधिकांश राष्ट्रहरुको सीमा बन्द रहेकोले अन्तर्राष्ट्रिय पर्यटन पहिलेको स्थितिमा फर्काउन सन् २०२४  को प्रारम्भ सम्म प्रतीक्षा गर्नुपर्ने स्थिति छ /

    हालका अवधिमा नेपालले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जोड दिए तापनि यसमा उल्लेख्य सुधार हुन सकेको छैन भने देशका विभिन्न भागमा संचालित घरबास( होमस्टे ) अहिले आन्तरिक र बाह्य पर्यटकको अभावमा विभिन्न समस्याबाट पीडित भएको सम्बद्ध व्यक्तिहरुको  गुनासो छ /

    नेपालको पर्यटन व्यवसायमा परेको प्रतिकुल असरको कारण हजारौं हजार व्यक्तिले रोजगारी गुमाउनुपरेको छ भने निजीक्षेत्रको अर्बौ रुपियाँ लगानी भएका होटल लगायतका व्यवसायीहरु पर्यटकको अभावमा अहिले आर्थिक समस्याको भूमरीमा फसेका छन् /

    विभिन्न देशमा कोरोना  महामारीको कारण थला परेको पर्यटन व्यवसायलाई उकास्न सरकारहरुले विभिन्न राहत कार्यक्रम सार्वजनिक गरेपनि नेपालमा आश्वासन बाहेक सरकारी स्तरबाट पर्यटन व्यवसायीहरुलाई कुनै पनि  राहात उपलब्ध हुन सकेको छैन /

    साउन १७, २०७८

    तस्विर: पर्यटन मन्त्रालय

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन