• पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४

    पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४

    रमेश तिवारी  ——

    संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल २०७२ अशोज ३ गते नयाँ संबिधान लागू गरी नयाँ राजनीतिक युगमा प्रवेश गरेको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक बिशेषतायुक्त राष्ट्र नेपालले हालका बर्षहरुमा आर्थिक–सामाजिक रुपान्तरणको संकल्प गरेपनि देश अल्पबिकसित राष्ट्रहरुको पंक्तिबाट माथि उठन सकेको छैन् । एशियाका दुई उदाउँदा आर्थिक शक्तिराष्ट्रहरु भारत र चीनको बिचमा अवस्थित नेपाल राजनीतिक स्थिरताको अभावमा आर्थिक बिकासको दृष्टिले अत्यन्त पछाडि परेको छ ।

    राज्य व्यवस्थामा सुशासनको अभाव, संस्कृतिको रुपमा झांगिएको भ्रष्टाचार, अराजकता, लाखौं युवा जनशक्तिको बिदेश पलायन, बढ्दो वेरोजगारी, बिदेशी सहयोग र अनुदानमा आधारित अर्थतन्त्र समेत कतिपय कारणले देश आक्रान्त छ । फलस्वरुप अर्थतन्त्रका अन्य क्षेत्र जस्तै राष्ट्रको आर्थिक काँचुली फेर्न टेवा पु¥याउने पर्यटन उद्योग कछुवा गतिबाट माथि उठन सकेको छैन ।

    बिश्वको सर्वोच्च शिखर सगरमाथा, संसारका आठ हजार मिटर भन्दा उच्च १४ हिमश्रृंखलामध्ये आठ हिमश्रृंखलाले युक्त, शान्तिका अग्रदूत गौतमवुद्धको जन्मस्थल, अनुपम प्राकृतिक सौन्दर्य, साहसिक पर्यटनको आकर्षक गन्तव्य नेपालले अपेक्षा अनुरुप पर्यटकहरुलाई आकर्षित गर्न सकेको छैन ।  नेपाल सन १९५० दशकको शुरुमा बिदेशीहरुका लागि खुला गरिएकोमा दशक बित्दा पनि वर्षेनि छ लाख पर्यटकहरुलाई मात्र आतिथ्य प्रदान गर्न सक्नु बिडम्वनाको बिषय वनेको छ ।

    नेपालको छिमेकी राष्ट्रमध्ये चीनले सन २०१६ मा १३ करोड ७० लाख पर्यटक र अर्को छिमेकी भारतले ८० लाख पर्यटक स्वागत गर्ने सफलता हासिल गरेका सन्दर्भमा सन २०१५ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ५३८९७० मात्र रहनुवाट प्रष्ट हुन्छ – हामी बिश्व पर्यटन मानचित्रमा कहाँ छौं ? बिनाशकारी भूकम्प र भारतीय नाकाबन्दिको अघिल्लो वर्ष सन २०१४ मा नेपाल भ्रमण गर्ने पर्यटक संख्या ७९०,११८ थियो । एशियाका अधिकांश राष्ट्रहरु पर्यटन क्षेत्रमा कङ्गारु जस्तो फड्को मार्न सफल रहेकोमा बिश्वकै अनुपम राष्ट्र नेपालमा प्रत्येक वर्ष आठ लाख भन्दा बढि पर्यटक स्वागत गर्न नसकिनुको अध्ययन र बिश्लेषण गरी तदनुरुपको कार्यनीति कार्यान्वयन गर्नु आवश्यक छ ।

    मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रुपान्तरण हुनुका साथै राजकीय शक्तिको पुनर्संरचना गरिए अनुरुप क्षेत्रफलको दृष्टिले सानो नेपाललाई सात प्रदेशमा बिभाजन गरिएको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीमा रहेका बिभिन्न जिल्लाहरुलाई समेटिएको यी प्रदेशहरुका आ–आप्mनै बिशेषताहरु छन् । सवै प्रदेश पर्यटकीय सम्पदाका दृष्टिले अत्यन्त सुन्दर र समृद्ध मानिदैं आएको छ । यस आलेखमा पर्यटकीय दृष्टिले चर्चा गर्न खोजिएको प्रदेश ४ का ११ जिल्लाहरु – गोरखा, लमजुङ, तनहुँ, कास्की,  मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ्ग र नवलपरासी (बर्दघाट सुस्ता पुर्व) पर्दछन् ।

    नवलपरासी जिल्लाको केही भाग छाडेर हेर्दा हालको गण्डकी र धौलागिरी अञ्चलका जिल्लाहरु समेटिएको प्रदेश ४ आर्थिक–सामाजिक बिकासको सन्दर्भमा अन्य केही प्रदेशको तुलनामा अगाडि नै देखापर्दछ । देशको कुल क्षेत्रफलको १४ प्रतिशत भूभाग अर्थात २१,१०२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस प्रदेशको जनसंख्यामध्ये ४१.९६ प्रतिशत जनजाति, ३७.६४ प्रतिशत वाहुन क्षेत्री, १८.१९ प्रतिशत पहाडे दलित, ०.७४ प्रतिशत मुसलमान, ०.४६ प्रतिशत मधेसी जनजाति, ०.१५ प्रतिशत मधेसी दलित र बाँकी ०.५७ प्रतिशत अन्य पर्दछन् । बिश्वप्रसिद्ध हिमाली श्रृंखला, सुन्दर तालहरु, सडक सञ्जाल तथा जलबिद्युत आयोजनाका भण्डारका रुपमा सुपरिचित छ – यो प्रदेश ।

    नेपाललाई हिमाली श्रृंखलाको देशको रुपमा बिश्वसामु चिनाउने पर्वतारोहण क्षेत्रको औपचारिक शुभारम्भ यही प्रदेशका हिमालबाट भएको थियो । फ्रान्सको आरोहण दलका पर्वतारोही मौरुपमा रस हर्जोग तथा लुई लाचेनलले सन १९५० को जुन ३ मा अन्नपुर्ण प्रथम (२६,२०० फिट) को सफल आरोहण गरी कीर्तिमान स्थापित गरेका थिए भने त्यसको तीन वर्ष पछि सन १९५३ को मे २९ मा तेञ्जिंग नोर्गे शेर्पा तथा न्यूजिल्याण्डका एडमण्ड हिलारीले ८८४८ मिटर सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहण गरेका थिए ।

    बिश्वको सवैभन्दा उच्च आठौं हिमाल मनास्लु हिमाल (गोरखा जिल्ला÷८११५ मिटर उच्च) सन १९५६ को मे ९ मा जापानका पर्वतारोही  तोसिओ इमानिसी तथा ग्याल्जेन नोर्वुले पहिलो पटक सफल आरोहण गरेका थिए । त्यस पछिका ६ दशकमा मनास्लु क्षेत्र बिश्वका पर्वतारोही तथा पदयात्रीहरुको आकर्षक गन्तव्य बन्दै आएको छ ।

    अन्नपुर्ण, धौलागिरी र मनास्लुका अतिरिक्त सातहजार मिटर भन्दा माथिका ११ वटा हिमश्रृंखला र ६९९३ मिटर उच्च माछापुच्छ्र्रे हिमालले समृद्ध यो प्रदेशले बर्षेनि सयौंको संख्यामा पर्वतारोहीलाई मोहनी लगाएको जगजाहेर छ ।

    अधिकांश हिमाली र पहाडी भूभागलाई समेटेको यो प्रदेश बिश्वव्यापी रुपमा पदयात्रा (ट्रेकिङ्ग) को एक प्रमुख गन्तव्य रहदै आएको छ । पृथ्वी राजमार्गको डुम्रे हुँदै बेशिशहर तथा मनाङ्गको पदयात्रा, मनाङ्ग हुँदै अन्नपुर्ण क्षेत्रको रोमाञ्चक पदयात्रा होस वा मनास्लु र अन्य हिमाली भेगका पदयात्रा आआप्mनै बिशिष्ट महत्व राख्दछन् । कास्की, म्याग्दी, मुस्ताङ्ग, मनाङ्ग र लममुङ जिल्लाका बिभिन्न ५७ गाऊँ बिकास समिति भएर गरिने अन्नपुर्ण क्षेत्रको पदयात्रा मार्गमा साना ठूला समेत ६ हजार होटलहरु मात्र छैनन्, प्रत्येक बर्ष बिश्वका बिभिन्न राष्ट्रका करिव एक लाख तीस हजार पदयात्रीले अन्नपुर्ण क्षेत्रको पदयात्रा गर्ने भएकोले यसवाट त्यस क्षेत्रको सामाजिक–अर्थिक बिकास र गरिवी निवारणमा सहयोग पुगेको छ ।

    पदयात्राको प्रसङ्गमा धौलागिरी हिमाल तथा त्यस क्षेत्रका पदयात्रा मार्गको प्राकृतिक सौन्दर्यले असंख्य बिदेशी पर्यटकहरुको मन छोएको छ । हिमाली दृष्यावलोकन, पर्यापर्यटन, गुरुङ्ग समुदायको बसोवास रहेको स्थलको योजनावद्ध प्रचार प्रसार र प्रवद्र्धन गर्न सकिए पर्यटक आगमनको दृष्टिले यो प्रदेश अन्य क्षेत्रको तुलनामा फड्को मार्न सक्ने स्पष्ट छ । तनहुँ जिल्लामा बिद्यमान पदयात्रा मार्ग र नयाँ बिकसित पदयात्रा मार्ग, लमजुङका ग्रामिण वस्ति, मनाङ्गका पदयात्रा मार्ग, म्याग्दीको तातोपानी, मुस्ताङ्ग क्षेत्रका पदयात्रा, अन्नपुर्ण क्षेत्रका घान्द्रुक, लान्द्रुक, पुनहिल र अन्नपुर्ण आधार शिविर लगायतमा रहेका पदयात्रा मार्गमा परिवर्तित आवश्यकता अनुसार पुर्वाधार बिकास गर्नेतर्फ स्थानीय निकाय र केन्द्रीय स्तरमा सोचिनु आवश्यक छ, ताकि प्रदेशका यी क्षेत्र बिश्वकै उत्कृष्ट गन्तव्यको सूचीमा पर्न सकुन् ।

    पश्चिमाञ्चल क्षेत्रको यो प्रदेश प्राकृतिक जस्तै सांस्कृतिक सम्पदाले पनि अत्यन्त समृद्ध रहिआएको छ । प्रसिद्ध धार्मिक स्थलहरु मुक्तिनाथ, मनकामना, बिन्ध्यवासिनी, देवघाट त्रिवेणीधाम, दामोदर कुण्ड, दूधपोखरी, छाव्दी वराह लगायतका अनेकन धार्मिक स्थलहरुमा प्रत्येक वर्ष स्वदेशीका साथै मित्रराष्ट्र भारतवाट हजारौं पर्यटकहरु आउने गर्दछन् । अन्नपुर्ण, धौलागिरी मनास्लु, र लाङटाङ हिमालका दृष्यावलोकन गर्न सकिने बन्दिपुर, आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा, घाँसीकुवा सहित ऐतिहासिक, पुरातात्विक महत्वका बिभिन्न कोटहरुले समृद्ध तनहूँ जिल्लाको अपार पर्यटकीय संभावनाको व्यापक सदुपयोग गर्न सकिएको छैन् । नेपालको दोश्रो प्रमुख पर्यटकीय गन्तव्य पुग्न काठमाण्डौ – पोखरालाई जोडने दुई सय किलोमिटर पृथ्वी राजमार्गको ७२ किलोमिटर क्षेत्र राजमार्ग क्षेत्रमै पर्ने भएकोले त्यस भेगमा पर्यटन गतिबिधि तीव्र पार्न अध्ययन अनुसन्धान गरिनु अत्यावश्यक छ , प्रदेशका अन्य जिल्लाहरुमा जस्तै ।

    उत्तरी भूभागमा माथिल्लो मुस्ताङ्ग हुँदै चीनको कोरला नाकादेखि दक्षिणमा नवलपरासी क्षेत्रवाट भारत जोडने यातायात सञ्जाल भएको प्रदेश ४ को तीव्र आधसनिकीकरणका संभावना रहेकोले पर्यटनका साथै जलविद्युतको बिकासलाई उच्च प्राथमिकता दिनु पर्दछ । मनाङ्गदेखि मुग्लिङसम्म १५० किलोमिटर मार्गवाट वग्ने मस्याङ्गदी नदी, कालीगण्डकी तथा सेती, मादी लगायतका नदीवाट मात्र हजारौ मेगावाट बिद्युत उत्पादन गर्न सकिने पृष्ठभूमिमा जलबिद्युतको अधिकतम  परिचालन गर्न सकिएमा समग्रमा यसवाट नेपालको आर्थिक समृद्धिमा योगदान पुग्ने सर्वबिदितै छ ।

    हिमाल पारीका जिल्ला मनाङ्ग र मुस्ताङ्गका प्राकृतिक सम्पदा र पर्यटकीय स्थल, म्याग्दी जिल्लामा रहेको बिश्वकै सवैभन्दा गहिरो कालीगण्डकीको खोच, बिश्वकै अग्लो स्थानमा अवस्थित मनाङ्गको तिलिचो ताल, ५४१६ मिटर उचाईको मनाङ्गको थोराङपास, पोखराको फेवाताल तथा लेखनाथ नगरपालिका क्षेत्रमा रहेका सात तालहरु लगायतका पर्यटकीय आकर्षणहरु देश भीत्र र बाहिर प्रवद्र्धन गर्नेतर्फ ध्यान दिइएमा आगामी वर्षहरुमा त्यस क्षेत्रमा पर्यटक आगमनमा तीव्र बृद्धि हुन सक्नेछ ।

    पश्चिमाञ्चल बिकास क्षेत्रको पाँच जिल्ला – कास्की, लमजुङ, म्याग्दी, मुस्ताङ्ग र मनाङ्गमा ७६२९ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको तथा २०४९ सालमा स्थापित अन्नपुर्ण संरक्षण क्षेत्र विविध वनस्पति, वन्यजन्तु र जैविक विविधताले पुर्ण रही आएको छ । बिश्वकै उत्कृष्ट मानिएका मध्ये अन्नपुर्ण पदमार्गमा गुरुङ्ग, थकाली सहित जनजातिका संस्कृति रहनसहन र भेषभुषाले बिदेशी पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।

    पोखरा उपत्यकाका फेवाताल, महेन्द्रगुफा, चमेरो गुफा, डेभिज फल, बिश्वशान्ति स्तुपा र साराङ्गकोट क्षेत्र, पोखरामा संचालित प्याराग्लाइडिङ्ग, अल्ट्रालाइट जिपप्mलाई, स्काइडाइभिङ्ग जस्ता साहासिक  गतिविधिहरुले काठमाण्डौं पछि बढि पर्यटकहरुलाई आकर्षित गर्दै आएको छ । चीनको आर्थिक व्यवस्थापन र प्राबिधिक सहयोगमा निर्माणाधीन पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएपछि समष्टिमा क्षेत्रका जिल्लाहरु प्रत्यक्ष वा परोक्ष रुपमा लाभान्वित हुने तथा नेपालको पर्यटन उद्योगले अर्को फड्को मार्ने निश्चित छ ।

    प्रदेशमा अवस्थित प्रायः सवै जिल्लाहरुमा ग्रामिण पर्यटनको अपार संभावना वोकेका जिल्लाहरु मानिन्छन् । लमजुङका घलेगाऊँ, भुजुङ, पसगाऊँ, रागिनासकोट, गाऊँशहर, काउलेपानी र दूधपोखरी समेत कतिपय क्षेत्रहरुमा घरवास (होमस्टे) को व्यवस्थापनमा क्रमिक सुधार गरिएकोले बिभिन्न गाऊँहरुमा आन्तरिक पर्यटकहरुको भ्रमण अभिरुचि बढ्दै गएको छ । घलेगाऊँ र काउलेपानी ग्रामीण क्षेत्रका घरवास (होमस्टे) पर्यटन व्यवस्थापन त दक्षिण एसियाका उत्कृष्ट कार्यक्रमको सूचिमा देखा परेको छ । तनहूँ, लमजुङ, गोरखा, मनाङ्ग लगायतका जिल्लाहरुमा पदयात्रा मार्गमा संचालित “टी हाउस”, “होमस्टे” कार्यक्रम कृषि–पर्यटनका गतिविधिले स्थानीय जनताको स्वरोजगारी, स्थानीय उत्पादनको वजार प्रवद्र्धन, जनताको आर्थिक स्थितिमा सुधार एवम गरिवी निवारणमा टेवा पुगेको यथार्थलाई बिर्षन मिल्दैन ।

    नयाँ संबिधानले संरचना गरेको प्रदेश – ४ मा उल्लेखित पर्यटन, जलबिद्युत तथा आर्थिक बिकासका  संभावनाहरुका अतिरिक्त त्यस क्षेत्रको रुपान्तरणमा आशावादी हुन सकिने थप आधारहरु सार्वजनिक भएका छन् । मुस्ताङ्ग पारी चीनको कोरलासम्म यातायात प्रणाली सुव्यवस्थित पारिएको सन्दर्भमा नेपाल र चीन दुवैले कोरलालाई पोखरासम्म जोडने अझै पर्साको ठोरीसम्म यातायात सम्पर्कले जोडने दिशामा  हालका अवधिमा चिन्तन  व्यापक पारेका छन् । म्याग्दीवाट मुस्ताङ्गसम्म सवारी साधन चलिसकेको स्थितिमा जोमसोमवाट कोरला जोडने सडक निर्माण गरिएमा पोखरा भ्रमणमा आउने पर्यटक उच्च हिमाली श्रृंखलाको अवलोकन गर्न मुक्तिनाथ, जोमसोम, कागवेनी, लोमान्थाङ हुँदै कोरलासम्म जाने मात्र होइन, द्विपक्षीय व्यापार बिस्तार भई राष्ट्रिय अर्थतन्त्रमा समेत सघाउ पुग्नेछ । नेपालको दीर्घकालीन हितका लागि रसुवागढी – केरुङ्ग एवं मुस्ताङ्ग – कोरलालाई यातायात प्रणालीमा समाहित गर्नु अनिवार्य छ ।

    चीनले सन २०२० सम्म तिव्वतको सिगात्सेबाट केरुङ्गसम्म रेलसेवा बिस्तार गर्ने योजना तीव्र पारेको तथा चीनले नेपाली पक्षलाई केरुङ्गसम्म जोड्न वारम्वार आग्रह गर्दै आएको पृष्ठभूमिमा नेपाल सरकारले रसुवगढीलाई  केरुङ्गसम्म जोड्ने कार्यलाई उच्च प्राथमिकता दिनु पर्दछ । नेपाल भित्र रेल्वे यातायात निर्माणमा चिनिया सरकारले सहयोग गर्ने सहमति जनाएको सन्दर्भमा हालै बिभिन्न चिनीया कम्पनीले रसवागढी – काठमाण्डौं पोखरा रेल्वे लाइनको संभाव्यता अध्ययन शुरु गरेका छन् । चिनीया कम्पनीहरुले रसुवगढी – काठमाण्डौ – पोखरा रेल्वे निर्माणमा लाग्ने अपार धनराशि आफै जुटाउने प्रस्ताव पेश गरेकोले त्यसको कार्यान्वयन तीव्र पार्न चिनिया पक्षलाई सहयोग गर्नु पर्दछ । काठमाण्डौ –पोखरा रेल्वे लाइन निर्माण भएमा तनहूँको आँवु खैरेनी, डुम्रे, दमौली लगायतका क्षेत्रहरु रेल्वे केन्द्रका रुपमा स्थापित गरिने चिनीया पक्षको प्रस्ताव छ ।

    प्रदेशको आर्थिक–सामाजिक रुपान्तरणमा आशावादी हुने अर्को पक्ष छ – केही क्षेत्रहरुमा नयाँ सहरहरुको निर्माण । प्रदेशका बिभिन्न क्षेत्रहरुमा नयाँ नगरपालिकाहरु थपिएका छन् भने १७४६ किलोमिटर लम्वाई रहेको मध्य पहाडी लोकमार्गका क्षेत्रमा नयाँ सहरहरु निर्माण गरिदैंछ । मध्य पहाडी लोकमार्ग छेउछाउमा १० नयाँ सहरको भौतिक संरचनाको निर्माण कार्य शुरु गरिएको र त्यस मध्ये तनहूँको डुम्रेलाई नयाँ सहरको रुपमा बिकास गरिने तथा गोरखाको पालुङटारलाई “स्मार्ट सिटि” को रुपमा अघि वढाइने योजना भएकोले यी नयाँ सहरको निर्माणको फलतः ती क्षेत्रहरुमा पर्यटन बिकासका साथै आर्थिक–सामाजिक बिकासमा उल्लेख्य योगदान पुग्नेछ । यी योजनाहरुको कार्यान्वयन हुन सकेमा क्रमिक रुपमा युवाहरुको बिदेश पलायन क्रम र पहाडबाट तराई र सहरी क्षेत्रमा वसाइ सराई  क्रमिक रुपमा कम भई स्थानीय बिकास गति तीव्र हुनुमा सन्देह छैन् ।

    नेपालले यस वर्ष (वि.सं. २०७३) लाई आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप “घुमफिर वर्ष” का साथै सन २०१७ मा दशलाख पर्यटक भित्राउने लक्ष्यका साथ त्यस वर्षलाई “नेपाल भ्रमण वर्ष” को रुपमा मनाउने घोषणा गरीसकेको छ , तर यी गतिबिधि राष्ट्रिय योजना आयोगका आवधिक योजना जस्तै कागजी योजनामा सीमित छन् । यी योजनाहरुको सन्देशले आम जनाताको मन छुन सकेको छैन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना अनुरुप नयाँ संविधानको कार्यान्वयन पछि संघ, प्रदेश र स्थानीय तह समेत रहने तथा स्थानीय तह अन्तर्गत गाऊँपालिका, नगरपालिका, र जिल्ला सभा रहने व्यवस्था गरिएको छ । यस परिवेशमा पर्यटकीय सम्पदाले समृद्ध प्रदेश – ४ का संभाव्य सवै क्षेत्रलाई पर्यटक आगमनका दृष्टिले उत्कृष्ट गन्तव्यका रुपमा बिकास बिस्तार गर्न प्रादेशिक र स्थानीय सरकारको राजनीतिक प्रतिवद्धताका साथै ठोस योजनाको प्रभावकारी कार्यान्वयन अपेक्षित छ ।

    तस्विर : माछापुछ्रे , पोखरा / नेपाल ट्रावेल बिजन्यूज

    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

       ६ महिनामै ४६ लाख यात्रु

      हवाई सुरक्षा, सहज यात्रा र उडान सुनिश्चितताका हिसाबले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको चाप धान्न नसक्ने अवस्थामा पुगेको छ । वार्षिक ८० लाख यात्रु ओहोरदोहोर गर्न सक्ने क्षमताको यस विमानस्थलमा सन् २०२५ को ६ महिनामै हवाई सेवा लिने यात्रुको सङ्ख्या ४६ लाख नाघेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार सन् २०२५ को जनवरीदेखि जुन महिनासम्म ४६ लाख ५५ हजार ७८ यात्रुले हवाई सेवा लिएका छन् । सन् २०२४ को सोही अवधिमा ४६ लाख ६२ हजार ४२५ यात्रुले हवाई सेवा लिएका थिए ।

      नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “वार्षिक ८० लाख क्षमता भएको विमानस्थलमा अहिले वार्षिक क्षमताभन्दा १० लाख बढी यात्रुको चाप थेग्नु पर्ने अवस्था छ । यो वर्ष पोहोरभन्दा केही हवाई यात्रु घटे पनि हवाई यात्रुको सङ्ख्या बर्सेनि बढ्दै गएकाले प्राधिकरणले विमानस्थलको क्षमता अभिवृद्धिको कार्यलाई तीव्रता दिएको छ । सहज हवाई यात्राका लागि अहिलेको अन्तर्राष्ट्रियतर्फको टर्मिनललाई आन्तरिक यात्रुका लागि प्रयोगमा ल्याएर प्राधिकरण नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने तयारीमा लागेको छ ।” विमानस्थलको क्षमता विस्तारले हवाई सुरक्षामा वृद्धि हुने तथा समयमै उडान नहुने, जहाजले आकाश र जमिनमा उडान अवतरणको पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँले बताउनुभयो ।

      पछिल्लो तथ्याङ्कले यो वर्ष करिब एक करोड यात्रुले विमानस्थलको प्रयोग गर्ने देखिएको जानकारी दिँदै आगामी एक दशकमा हवाई यात्रुको सङ्ख्या अहिलेको दोब्बर पुग्ने उहाँको दाबी छ ।

      सन् २०२५ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख २३ हजार १९९ जनाले हवाई यात्रा गरेका छन् । यसै गरी आन्तरिकतर्फ २२ लाख ३१ हजार ८७९ यात्रुले हवाई सेवा लिइसकेको उहाँले जानकारी दिनुभयो ।

      सन् २०२४ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रियतर्फ २४ लाख ९० हजार ६१२ र आन्तरिकतर्फ २१ लाख ७१ हजार ८१३ जनाले हवाई यात्रा गरेका थिए । प्राधिकरणका अनुसार सन् २०२४ भरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आन्तरिक र अन्तर्राष्ट्रियतर्फ ७१ लाख २६ हजार ८३७ यात्रुले हवाई सेवा लिएका थिए । सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ८६ लाख ९१ हजार यात्रुले हवाई यात्रा गरेका थिए ।

      पछिल्लो छ महिनामा यस विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ १६ हजार ६८ उडान अवतरण भएका छन्, जस अन्तर्गत आठ हजार ३३ उडान र आठ हजार ३५ अवतरण भएका हुन् । त्यस्तै गरी सोही अवधिमा आन्तरिकतर्फ ५० हजार ४१८ उडान अवतरण भएका छन् । हाल अन्तर्राष्ट्रितर्फ दैनिक एक सय हाराहारीमा उडान अवतरण हुँदै आएका छन् भने आन्तरिकतर्फ दैनिक तीनदेखि चार सयसम्म उडान अवतरण हुने गरेका छन् । – गोरखापत्र १२ साउन २०८२

      गोरखा दरबार सङ्ग्रहालयमा

      एक लाख २३ हजार पर्यटक

      गोरखा दरबार सङ्ग्रहालयमा एक वर्षमा एक लाख २२ हजार ७३३ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा आन्तरिक तथा बाह्य पर्यटकले सङ्ग्रहालयको अध्ययन तथा अवलोकन गरेको सङ्ग्रहालय प्रमुख जयनारायण कार्कीले जानकारी दिनुभयो । गएको एक बर्षमा सङ्ग्रहालय घुम्न आउनेहरुमा ८४ हजार २५७ आन्तरिक पर्यटक छन् ।

      सोही अवधिमा ३६ हजार २९८ विद्यार्थी शैक्षिक भ्रमणका क्रममा सङ्ग्रहालय घुमेर फर्किएका छन् भने सार्क राष्ट्रका १७५ र तेस्रो मुलुकहरुबाट आएका दुई हजार तीन जना विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका छन् । सङ्ग्रहालय विसं २०६५ मा  सर्वसाधारण र पर्यटकका लागि खुला गरिएदेखि  यसपटक सबैभन्दा धेरै पर्यटकले गोरखा दरबार सङ्ग्रहालयको अवलोकन गरेका हुन् । सङ्ग्रहालय घुम्न आउने पर्यटकले नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको ४४ हात लामो चिना, नेपाल एकीकरणका बेला प्रयोग भएका हातहतियार, भाँडावर्तन, विभिन्न जातजातिको पहिचान झल्कने भेषभूषा, बाजागाजाहरु हेर्न पाउनेछन् ।

      करिब ६८ रोपनी क्षेत्रफलमा फैलिएको सङ्ग्रहालय नेपाल एकीकरणको सम्पूर्ण इतिहास अध्ययन गर्न सकिने थलोका रुपमा चिनिन्छ । परम्परागत पहिचान बोकेको वास्तुशैलीमा बनेको दरबार बाहिरबाट हेर्दा आर्कषक देखिन्छ ।सङ्ग्रहालयभित्रका शाहवंशको वंशावली कक्ष, दिव्य उपदेश कक्ष, तेलचित्र कक्षलगायतका विभिन्न १२ वटा प्रर्दशनी कक्षमा घण्टौँसम्म पर्यटकहरु भुल्ने गर्दछन् । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस