• राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    – भेषजंग बादल

                    हिन्दू संस्कृतिमा नमस्कार एउटा अति प्रभावकारी, शक्तिशाली तथा उपयोगी परम्परा हो । हाम्रो समाजमा धेरै आध्यात्मिक, सामाजिक तथा राजनीतिक नेताहरूले यसलाई सच्चा भावनाको रूपमा प्राप्त गरेका छन् । तिनीहरू सबै पूर्ण रूपले परिवर्तित भएको पाइएका छन् र तिनीहरूले कर्तव्यनिष्ठ, भक्ति तथा आत्मसर्पणको भावनाले वृद्ध मानवताप्रति नै ठूलो सेवा गरेका छन् । यसरी नमस्ते अहिले हामीकहाँ अवतरण भएको छ ।

    अतः नमस्ते दर्शनमा निहित जड तथा जीवरूपी जिन्दगीका दुई पक्षको सम्यक् बोध विकसित गर्न प्रत्येक बालकलाई प्रेरित गर्नु समयोचित भएको छ । यदि यसको अभ्यास जीवनको प्रारम्भिककालमै गरिएमा यसले मानवताको सेवा गर्नमा उत्तम परिणाम अवश्य दिनेछ । यो अभ्यास सबैको पहुँचभित्र छ र उदाहरणद्वारा यसलाई सजिलैसँग बालकहरूको समक्ष पुरयाउन सकिन्छ ।

    दिनानुदिन जीवनमा यसको दर्शन र अर्थ राम्ररी बुझेर यसको अभ्यास बालकहरूले गरेमा यसले तिनीहरूको प्राकृतिक अभिवृद्धिअनुसार तिनीहरूका व्यक्तित्वको राम्रोपनाको लागि एउटा क्रान्ति उब्जाउन मद्दत गर्नेछ । नमस्तेको भावना प्रत्येक मानिसको रक्तनलीबाट प्रवाहित भइरहेकै हुँदा हाम्रो सांस्कृतिक सम्पदाको एउटा अंश रहिआउको नमस्तेको सच्चा भावनाको पुनर्जागरण हाम्रो लागि सजिलै हुन्छ ।

                    नमस्तेमा अन्तर्निहित सरल सत्यलाई बुभ्ने र प्रचार गर्ने प्रयासले राष्ट्रिय एकीकरणको क्षेत्रमा राम्रो प्रगति अवश्यमेव पैदा गर्दछ र जातपात, मतमतान्तर, कुल समुदायको उपेक्षा गरेर परस्परमा आदरको भाव तथा भ्रातृत्वको भावना हुर्काउन हामीलाई मद्दत गर्नेछ ।

                    यसले सम्यक् समझदारी तथा पारस्परिक सञ्चारको पुनर्जागरण गराएर सबैको लागि प्राप्त हुने सम्पन्नता, समृद्धि, सुख तथा शान्तितिर हामीलाई लग्छ । हामी जस्तोसुकै अभिमानी तथा स्वार्थी भए पनि नमस्तेमा हाम्रो लागि तय गरिएको लक्ष्य यही हो । आदान–प्रदानको आधारमा नमस्तेको सरल अभ्यासमा हामीले आन्तरिक चेतना, स्वसम्मान, सुख तथा मनको शान्तिको चावी पाउन सक्छौँ ।

                    हाम्रो समाजमा विशाल संख्यक जनताको जीवनमा ताल वा सामञ्जस्य नभएको हामी पाउँछौँ । नमस्तेको सच्चा भाव झण्डै, झण्डै बिलाएको पनि हामी देख्छौँ । स्थायी काम पाउने मानिसहरू आफ्नो कर्तव्य गर्न चाहँदैनन् र त्यतिखेरै बेरोजगारहरू स्वभावतः येनकेन प्रकारेण आफुलाई रोजगारयुक्त पार्न भरमग्दूर प्रयत्न गर्दैछन् । समाजमा यस्ता मानिसहरू पनि छन् जो पैसा लिन्छन्, तर काम गर्न चाहँदैनन् ।

                    धनी मानिस आफ्नो धनबाट अलग्गिन चाहँदैनन् र गरिब मानिस धनी बन्न मेहनत गर्न चाहँदैन अरुको कमाईको धन कसरी लिने भन्ने तृष्णामा । नेपालको ग्रामीण इलाकाको करिब ५० प्रतिशत जनता शुद्ध पिउने पानीसम्मम पाउँदैनन् ।

                    तर ऐयासी भवनहरूमा बस्ने कोही कोही मानिसहरू व्यावहारिक कठिनाइको विचारै नगरी निरन्तर बग्ने पानीको आपूर्तिको लागि आन्दोलन गर्छन् । यी सारा तनावको बाबजुद नमस्ते संस्कृति प्रत्येक जनताको रगतमा पाइन्छ । त्यसकारण हामी हात हल्लाइसकेपछि पनि बरोबर नमस्ते गर्छौं । धेरैजसो हात जोडेर आफ्ना सहजीवीहरू समक्ष नमस्ते भावना सञ्चार गर्दछन् । यसको अभ्यासमा संलग्न कुनै भावना नलिईकनै मानिसहरू यन्त्रवत् यो गर्दछन् । अन्तमा मानिसहरू त्यहाँ पाउँछन् जो तिनीहरूलाई सुहाउँछ । यदि कोही मानिसले कुनै काम आधा मनले गर्छ भने त्यसले उत्तम नतिजा पाउने आशा गर्न सत्तैmन । यही प्राकृतिक कानुनको नियम हो र यो अहिले नमस्ते संस्कृति उपर पनि लागू हुन्छ । मानिसहरू यसलाई ठीक भावनाले गर्दैनन् । सच्चाइ र नम्रताले मानिसलाई जिन्दगीको हरेक क्षेत्रको समुन्नति र समृद्धिमा पुग्न मद्दत गर्छ । यसलाई एउटा मानिसले शंकाको छायासम्म पनि नपर्ने गरी प्रमाणित गरिदिएका छन् । उनको नाम महात्मा गान्धी हो । त्यसबखत पनि उनको ’boutमा देशबासीलाई थाहा थिएन । अकस्मात् उनी आफु काम गरिरहेको ठाउँ अफ्रिकाबाट फर्के, तर जब उनले अति विनम्र तथा सहृदयी भएर आफ्ना देशवासीलाई नमस्ते गरे । सम्पूर्ण राष्ट्र नै उनको पछि लाग्यो । यो हाम्रो नमस्ते संस्कृतिको गौरवमय उदाहरण हो । तर यस्तो गौरवमय सेवाको लागि उनलाई के दिइयो ? भन्दा मृत्यु अर्थात् मृत्यु दिएर समाप्त गरियो । तर उनको आत्माले “हे राम” मात्र भनेर यही नमस्तेको उद्गमस्थल देवत्वको आधारमा धाममा पुग्न सच्चाइ तथा नम्रताको पखेटा हालेर उड्यो । तर नमस्ते भावनालाई परित्याग गरेर मानिसहरू राम्रो अवस्थामा छन् वा छैनन् भन्ने कुरो हामी आपैmँलाई जाँच्न सक्छौँ ।

                    यो सरल तर अति महत्वपूर्ण अभिवादनले जात, धर्म, वर्ण तथा राष्ट्रियताको वास्ता नराखी मानिसको प्रगति गराउने र सो प्रगतिको लागि योगदान दिने भएकोले सबैले यसलाई एउटा राम्रो चलनको रूपमा लिनु योग्य कुरो हो । यसलाई भावनासहित सजिलैसित यसको पुनर्जागरण गर्न सकिन्छ । यो एउटा सम्भाव्य अन्तर्राष्ट्रिय अभिवादन पनि हो, ’cause प्रत्येक कुरामा एकत्वको सच्चा भावनाले हेरी विस्तारित चेतना प्राप्त गर्ने यसको लक्ष्य हो ।

                    यस अभिवादनले सधैँ सम्बन्धित मानिसलाई प्रत्यक्ष सम्बोधन गर्ने हुँदा यस प्रकारके अभिवादन अन्य प्रकारको दाँजोमा स्वयम् पूर्ण हुन्छ भन्ने कुरो पनि यसको पक्षको अर्को बुँदा हो । अतः यसलाई हाम्रो देशमा राष्ट्रिय अभिवादनको रूपमा पुनरस्थापना गर्न सकिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू राष्ट्रिय गीत, राष्ट्रिय पन्छी र राष्ट्रिय संस्कृति भएजस्तै हाम्रो राष्ट्रिय अभिवादनको रूपमा नमस्ते पनि हुन सक्छ ।

     ( लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ )

    तस्विर : इबे जीओभी युके

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन