• पर्यटन सम्वद्ध २१ संस्थाद्वारा तत्काल हवाई सेवा, पर्यटकीय यातायात तथा अन्य गतिविधि सञ्चालन गर्न माग

    पर्यटन सम्वद्ध २१ संस्थाद्वारा तत्काल हवाई सेवा, पर्यटकीय यातायात तथा अन्य गतिविधि सञ्चालन गर्न माग

    ट्राभल बिज न्युज अनलाईन —

    काठमाडौँ – पर्यटन व्यवसायीहरुका प्रतिनिधिमूलक संस्थाहरुले कोभिड–१९ सँगसँगै अघि बढन कार्ययोजना बनाई निरोधात्मक तथा प्रतिरोधात्मक व्यवस्थाको लागि बढी केन्द्रित भई भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न माग गरेका छन् /

    ती संस्थाहरुले नियमित हवाई सेवा सुचारु नगरी पर्यटकीय गतिविधिहरुको संचालन हुने अवस्था सृजना नभएमा हालसम्म संयमित भइरहेका व्यवसायी तथा यसमा आश्रित कर्मचारी तथा मजदुरहरुको आन्दोलनमा जाने बाहेक अरु विकल्प नहुनेमा सरकारको ध्यानाकर्षण गराएका छन् /
    पर्यटन सम्बद्ध संगठनहरुले कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई महिना यता चार्टर्ड र उद्धार उडान समेत दैनिक ७ देखि १० वटा हवाई उडान संचालन भई रहेकोमा ती उडानहरुले समग्र पर्यटन क्षेत्रलाई नसमेटेको साथै राज्यको आर्थिक गतिविधिमा खासै योगदान नपुरयाएको हुंदा तत्काल आन्तरिक र बाह्य उडान संचालन गर्नु पर्ने माग अघि सारेका छन् /

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुझाइएको माग पत्रमा ती संस्थाहरुले कोभिड–१९ बाट धरासायी हुँदै गएको पर्यटन तथा होटल उद्योग साउन १५, २०७७ बाट सञ्चालनमा रहने तथा भदौ १ गतेबाट आन्तरिक एवं वाह्य हवाई उडानहरु सुचारु गर्ने नेपाल सरकारको निर्णयबाट समग्र पर्यटन क्षेत्र उत्साहित भई विस्तारै चलायमान बनाउने संकल्पका साथ अगाडि बढेको तथा यसैको तयारी स्वरुप बिदामा बसेका पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायका कर्मचारीहरुलाई काममा बोलाई नेपाल सरकारबाट जारी भएको स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न÷गराउन तालिम प्रदान गरी तयारी अवस्थामा रहेको जानकारी समेत गराएका छन् /

    ती संस्थाहरुले निर्धारित समयमा हवाई सेवा शुरु नगरिदा पहिने नै ऋणात्मक भइसकेको पर्यटन व्यवसायीहरुको खर्च झनै बढ्न गएको तथा यसको फलस्वरूप लाखौं मजदुर र हजारौं लगानीकर्ताहरुलाई मनोवैज्ञानिक, आर्थिक तथा सामाजिक समस्याहरुले गाँज्दै आक्रोशित र आन्दोलित समेत बनाएको हुँदा नियामक संयन्त्रहरुको परिपालना मार्फत व्यवहारिक ढंगबाट अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् /

    पर्यटकीय क्षेत्रहरुमा आउने पाहुनाहरुलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण तथा प्रभावकारी पालना गरी सेवा विस्तार गर्नुपर्ने तथा नेपाल भित्रिने स्वदेशी तथा विदेशी पाहुनाहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष स्थापना गरी त्यहीँबाट पीसीआर परीक्षण गर्न र पर्यटक परीक्षण डेक्स स्थापना गरी प्रभावकारी परीक्षण मार्फत हुने तयारीले राष्ट्रिय गरिमा समेत अभिबृद्धि गरी अन्तराष्ट्रिय जगतमा सकारात्मक सन्देश प्रवाह हुने
    ती संस्थाहरुले एक वक्तव्यमा स्पष्ट पारेका छन् /

    संयुक्त माग प्रस्तुत गर्ने पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुमा – नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स., ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल , होटल एशोसिएशन नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एशोसिएशन अफ राफ्टिङ एजेन्सिज, सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोटो) , नेपाल एशोसिएशन अफ टुर अपरेटरस (नाटो), नेपाल फ्रइट फरवर्डस एशोसिएसन (नेफा) , एक्सपीडिशन अपेरेटर्स एशोसिएशन नेपाल, नेपाल पर्यटक यातायात ब्यवसायी संघ, हिमालय उद्धार संघ, गाउँपर्यटन प्रबद्र्धन मञ्च , टुरिष्ट बस एशोसिएशनअफ नेपाल, नेपाल योगा एशोसिएशन, कैलाश यात्रा संघ , गुरुङ पर्यटन ब्यवसायी संघ, नेपाल (जिटिन), शेर्पा पर्यटन व्यवसायी सयी संघ, नेपाल (यसटिन) , नेपाल मगर पर्यटन समाज, ठमेल पर्यटन विकास परिषद्, रेष्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल तथा टुरिष्ट गाइड एशोसिएशन छन् /

    साउन ३० , २०७७
    तस्विर – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल /ट्राभल बिज न्युज

    • ट्राभल बिज न्यूज अनलाइन ——

      देशको बेरुजु रु १२ खर्ब ,

      २३ खर्ब ९७ अर्ब  ऋण

      महालेखापरीक्षक कार्यालयको आर्थिक वर्ष ०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार नेपालको कुल बेरुजु आव ०७९/८० सम्म १२ खर्ब पुगेको छ। यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्ने सहितको  बेरुजु रु ११ खर्ब ८३ अर्ब पुगेको छ /

      यस्तै २०८१ वैशाख मसान्तसम्म सरकारले लिएको सार्वजनिक ऋणको आकार २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । चालू खर्चमा भइरहेको अस्वाभाविक वृद्धि र बर्सेनि लक्ष्यको तुलनामा न्यून राजस्व संकलन हुँदा सरकारले ऋण उठाएर खर्च धान्दै आएको र यसै कारण आन्तरिक र बाह्य ऋणको बोझ बर्सेनि चुलिँदै गएको अर्थ मन्त्रालयले जनाएको छ ।

      सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार  बर्सेनि ऋण थपिँदै गएर हालसम्म तिर्नुपर्ने ऋणको दायित्व २३ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको हो  / यसमध्ये आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ४८ करोड रुपैयाँ र बाह्य ऋण १२ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ छ ।

      मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) ५७ खर्ब पाँच अर्बसँग दाँच्ने हो भने ऋणको आकार ४२.०२ प्रतिशत हो ।  नेपालले लिएको ऋण पूर्वाधार निर्माणमा भन्दा पनि साधारण खर्चमा प्रयोग भइरहेको छ । सरकारले यही गतिमा ऋण लिइरहे दुई वर्षपछि आव ०८२/८३ सम्म सार्वजनिक ऋणको हिस्सा ४९.१ प्रतिशत पुग्ने  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रक्षेपण गरिसकेको छ ।

      चालू आर्थिक वर्ष २०८०/८१ मा सरकारले दुई खर्ब १२ अर्ब ७५ करोड विदेशी ऋण प्राप्त गर्ने लक्ष्य लिएकोमा १० महिनामा ३४.६१ प्रतिशत मात्रै प्राप्त गर्न सकेको छ । त्यस्तै, दुई खर्ब ४० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएकोमा एक खर्ब ९१ अर्ब रुपैयाँ उठाइसकेको छ ।तिर्नुपर्ने कुल ऋण दायित्वमध्ये आन्तरिक ऋणको हिस्सा २०.७६ प्रतिशत छ भने बाह्य ऋणको हिस्सा २१.२६ प्रतिशत छ ।

      सरकारले लिएको वैदेशिक ऋणमा पनि आधाभन्दा बढी हिस्सा प्रमुख दातृ निकाय विश्व बैंकको छ । विश्व बैंकको आइडिएलाई नेपालले तिर्नुपर्ने ऋणको हिस्सा ४९.५९ प्रतिशत छ । त्यस्तै, आइफाडलाई ०.९ प्रतिशत र आइएमएफलाई ४.४५ प्रतिशत छ । एसियाली विकास बैंक (एडिबी)लाई तिर्नुपर्ने ऋण ३१.६२ प्रतिशत छ । यसरी वैदेशिक ऋणतर्फ एडिबी र विश्व बैंकलाई तिर्नुपर्ने हिस्सा मात्रै ८८ प्रतिशत छ ।द्विपक्षीय रूपमा लिएको ऋणमा जापानलाई तिर्नुपर्ने ऋणको हिस्सा अधिक छ । जापानले कुल ऋणको ४.६१ प्रतिशत, भारतको ३.३८ प्रतिशत र चीनको २.९५ प्रतिशत छ । अन्य देशहरूको हिस्सा न्यून छ ।

      सरकारले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा दुई खर्ब ३३ अर्ब रुपैयाँ सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा खर्चेको छ । चालू आवमा सरकारले भुक्तानीका लागि छुट्याएको मध्येबाट थप ९७ अर्ब २८ करोड रुपैयाँ तिर्न बाँकी छ । चालू आवमा तीन खर्ब ३० अर्ब ५६ करोड तिर्ने सरकारी योजना छ । आन्तरिक ऋणको साँवा–ब्याजबापत एक खर्ब ९४ अर्ब ६८ करोड भुक्तानी भएको छ भने विदेशी ऋणको साँवा–ब्याजबापत ३८ अर्ब ५९ करोड ४६ लाख भुक्तानी भएको छ ।

      हालसम्म वैदेशिक रोजगारीमा

      जानेको संख्या ६० लाख

      विगत ३० वर्षको अवधिमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ५९ लाख ६९ हजार पुगेको  छ । यसमध्ये पुरुष ९३.८ प्रतिशत र महिला ६.२ प्रतिशत  छन् । हालै सार्वजनिक भएको आर्थिक वर्ष ०८०/८१ को आर्थिक सर्वेक्षणको प्रतिवेदन अनुसार २०८० फागुनसम्म वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको संख्या ५९ लाख ६९ हजार पुगेको छ । सरकारले २०५०/५१ देखि वैदेशिक रोजगारीमा जाने नेपालीको लागि श्रम स्वीकृति जारी गर्ने अभिलेख राख्न थालेको हो ।  चालु आर्थिक वर्षको फागुनसम्म नयाँ श्रम स्वीकृति लिने २ लाख ८५ हजार  मध्ये पुरुष ८६.४ प्रतिशत र महिला १३.६ प्रतिशत रहेका छन् ।

      वैदेशिक रोजगारीको प्रमुख गन्तव्यको रूपमा रहेका मुलुकमा कतार, मलेशिया, साउदी अरब, युएई र कुवेत रहेका छन् । पछिल्लो अवधिमा युएई, जापान, माल्दिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको संख्या बढ्दो क्रममा रहेको छ ।

      वैदेशिक रोजगारीको लागि संस्थागतरूपमा १११ देश खुला गरिएको छ । २०८० फागुनसम्म वैदेशिक रोजगारीमा श्रमिक पठाउने प्रयोजनका लागि १५ सय ९९ वटा म्यानपावर कम्पनी दर्ता भएका छन् ।

      सगरमाथा दिवस : आरोही

      कल्याणकारी कोष स्थापना गरिने

      काठमाडौंमा ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने घोषणा गर्दै ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा  तत्कालै प्रक्रिया अघि बढाउने स्पष्ट पार्नु  भयो /

      सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमन्ड हिलारीले २९ मे १९५३ मा आरोहण गरेको दिनलाई हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइदै आएको छ ।

      कार्यक्रममा पर्यटनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिनु भयो भने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा नेपाल पनि परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेकोले  ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाई आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहणको मापदण्ड बनाउन सुझाव दिनु भयो /

      पर्यटन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक रहेको तथा  नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे र आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणका लागि हिमाल र आराहीहरूको संरक्षणमा ध्यान दिन जोड दिनु भयो /

      अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पालाई  सम्मानित गरियो  । इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाइ मापक खिमलाल गौतमलाई प्रदान गरियो भने  सगरमाथामा ३० पटक आरोहण गरेका आरोही कामीरिता शेर्पा,  पेमा छिरिङ शेर्पा, महासेनानी सुनील सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा लाई पनि सम्मानित गरिएको थियो / जेठ  , २०८१

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा

      सुन्दर चीन