कजाखस्तान पाटा ट्राभल मार्टमा नेपालको प्रवर्धन ,पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान
ट्राभल बिज न्यूज —
काठमाडौँ – पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक “पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल” अवार्ड प्रदान गरिएको छ /
कजाखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा आयोजित कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो / पाटाले यो पुरस्कार प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्तासंगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्गनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ ।
पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सिईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडाललाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।
पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तब्यहरुबाट कुल १२०० प्रतिनिधिले सहभागिता जनाएका थिए / त्यसमा १८० वटा संघ संस्था कम्पनी , ३४ वटा गन्तब्यहरुबाट कुल ३४७ विक्रेता सहभागीहरु र २४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदानप्रदान तथा गन्तब्य प्रवद्र्धन भेटघाट छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो ।
पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्रा्ष्ट्रिय एवम स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रबर्धन र गन्तब्यहरुबारे जानकारी प्रदान गरेका थिए भने निजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेता समक्ष छलफल गरेका थिए /
नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस,लक्जरी लगायत अनुभवमा आधारित पर्यटकीय प्रोडक्ट तथा सेवा बारेमा समेत सहभागीहरुले अभिरुची जनाएका थिए ।
मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीहरु बीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम प्रवर्धन गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ /
त्यस अवसरमा आयोजित एक कार्यक्रममा पाटा नेपाल च्याप्टरका कार्यकारी प्रमुख सुरेश सिंह बुडालले नेपाल भ्रमण बर्ष २०२०, पर्यटन प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा जानकारी दिनु भएको थियो /
यस्तै नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठ तथा अर्चना केसी रानाले मार्टमा नेपाली गन्तव्यहरुबारे जानकारी दिन डिजिटल अभियानको समेत आयोजना गरिएको बताउनु भयो /
पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका पर्यटन ब्यवसायी कम्पनीहरु – द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्स सहित सेप्टेम्बर १८ देखि २० सम्म काजखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा “नेपाल पेभिलियन”अन्तर्गत सहभागिता जनाउदै नेपाललाई जीवन्त अनुभवहरु प्रदान गर्ने गन्तब्यको रुपमा प्रबर्धन गरेका थिए /
असोज ८ , २०७६
तस्विर : कजाखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा नेपाली सहभागीहरु /