• राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    राष्ट्रिय अभिवादनको भावना पुनर्जागरण आवश्यक

    – भेषजंग बादल

                    हिन्दू संस्कृतिमा नमस्कार एउटा अति प्रभावकारी, शक्तिशाली तथा उपयोगी परम्परा हो । हाम्रो समाजमा धेरै आध्यात्मिक, सामाजिक तथा राजनीतिक नेताहरूले यसलाई सच्चा भावनाको रूपमा प्राप्त गरेका छन् । तिनीहरू सबै पूर्ण रूपले परिवर्तित भएको पाइएका छन् र तिनीहरूले कर्तव्यनिष्ठ, भक्ति तथा आत्मसर्पणको भावनाले वृद्ध मानवताप्रति नै ठूलो सेवा गरेका छन् । यसरी नमस्ते अहिले हामीकहाँ अवतरण भएको छ ।

    अतः नमस्ते दर्शनमा निहित जड तथा जीवरूपी जिन्दगीका दुई पक्षको सम्यक् बोध विकसित गर्न प्रत्येक बालकलाई प्रेरित गर्नु समयोचित भएको छ । यदि यसको अभ्यास जीवनको प्रारम्भिककालमै गरिएमा यसले मानवताको सेवा गर्नमा उत्तम परिणाम अवश्य दिनेछ । यो अभ्यास सबैको पहुँचभित्र छ र उदाहरणद्वारा यसलाई सजिलैसँग बालकहरूको समक्ष पुरयाउन सकिन्छ ।

    दिनानुदिन जीवनमा यसको दर्शन र अर्थ राम्ररी बुझेर यसको अभ्यास बालकहरूले गरेमा यसले तिनीहरूको प्राकृतिक अभिवृद्धिअनुसार तिनीहरूका व्यक्तित्वको राम्रोपनाको लागि एउटा क्रान्ति उब्जाउन मद्दत गर्नेछ । नमस्तेको भावना प्रत्येक मानिसको रक्तनलीबाट प्रवाहित भइरहेकै हुँदा हाम्रो सांस्कृतिक सम्पदाको एउटा अंश रहिआउको नमस्तेको सच्चा भावनाको पुनर्जागरण हाम्रो लागि सजिलै हुन्छ ।

                    नमस्तेमा अन्तर्निहित सरल सत्यलाई बुभ्ने र प्रचार गर्ने प्रयासले राष्ट्रिय एकीकरणको क्षेत्रमा राम्रो प्रगति अवश्यमेव पैदा गर्दछ र जातपात, मतमतान्तर, कुल समुदायको उपेक्षा गरेर परस्परमा आदरको भाव तथा भ्रातृत्वको भावना हुर्काउन हामीलाई मद्दत गर्नेछ ।

                    यसले सम्यक् समझदारी तथा पारस्परिक सञ्चारको पुनर्जागरण गराएर सबैको लागि प्राप्त हुने सम्पन्नता, समृद्धि, सुख तथा शान्तितिर हामीलाई लग्छ । हामी जस्तोसुकै अभिमानी तथा स्वार्थी भए पनि नमस्तेमा हाम्रो लागि तय गरिएको लक्ष्य यही हो । आदान–प्रदानको आधारमा नमस्तेको सरल अभ्यासमा हामीले आन्तरिक चेतना, स्वसम्मान, सुख तथा मनको शान्तिको चावी पाउन सक्छौँ ।

                    हाम्रो समाजमा विशाल संख्यक जनताको जीवनमा ताल वा सामञ्जस्य नभएको हामी पाउँछौँ । नमस्तेको सच्चा भाव झण्डै, झण्डै बिलाएको पनि हामी देख्छौँ । स्थायी काम पाउने मानिसहरू आफ्नो कर्तव्य गर्न चाहँदैनन् र त्यतिखेरै बेरोजगारहरू स्वभावतः येनकेन प्रकारेण आफुलाई रोजगारयुक्त पार्न भरमग्दूर प्रयत्न गर्दैछन् । समाजमा यस्ता मानिसहरू पनि छन् जो पैसा लिन्छन्, तर काम गर्न चाहँदैनन् ।

                    धनी मानिस आफ्नो धनबाट अलग्गिन चाहँदैनन् र गरिब मानिस धनी बन्न मेहनत गर्न चाहँदैन अरुको कमाईको धन कसरी लिने भन्ने तृष्णामा । नेपालको ग्रामीण इलाकाको करिब ५० प्रतिशत जनता शुद्ध पिउने पानीसम्मम पाउँदैनन् ।

                    तर ऐयासी भवनहरूमा बस्ने कोही कोही मानिसहरू व्यावहारिक कठिनाइको विचारै नगरी निरन्तर बग्ने पानीको आपूर्तिको लागि आन्दोलन गर्छन् । यी सारा तनावको बाबजुद नमस्ते संस्कृति प्रत्येक जनताको रगतमा पाइन्छ । त्यसकारण हामी हात हल्लाइसकेपछि पनि बरोबर नमस्ते गर्छौं । धेरैजसो हात जोडेर आफ्ना सहजीवीहरू समक्ष नमस्ते भावना सञ्चार गर्दछन् । यसको अभ्यासमा संलग्न कुनै भावना नलिईकनै मानिसहरू यन्त्रवत् यो गर्दछन् । अन्तमा मानिसहरू त्यहाँ पाउँछन् जो तिनीहरूलाई सुहाउँछ । यदि कोही मानिसले कुनै काम आधा मनले गर्छ भने त्यसले उत्तम नतिजा पाउने आशा गर्न सत्तैmन । यही प्राकृतिक कानुनको नियम हो र यो अहिले नमस्ते संस्कृति उपर पनि लागू हुन्छ । मानिसहरू यसलाई ठीक भावनाले गर्दैनन् । सच्चाइ र नम्रताले मानिसलाई जिन्दगीको हरेक क्षेत्रको समुन्नति र समृद्धिमा पुग्न मद्दत गर्छ । यसलाई एउटा मानिसले शंकाको छायासम्म पनि नपर्ने गरी प्रमाणित गरिदिएका छन् । उनको नाम महात्मा गान्धी हो । त्यसबखत पनि उनको बारेमा देशबासीलाई थाहा थिएन । अकस्मात् उनी आफु काम गरिरहेको ठाउँ अफ्रिकाबाट फर्के, तर जब उनले अति विनम्र तथा सहृदयी भएर आफ्ना देशवासीलाई नमस्ते गरे । सम्पूर्ण राष्ट्र नै उनको पछि लाग्यो । यो हाम्रो नमस्ते संस्कृतिको गौरवमय उदाहरण हो । तर यस्तो गौरवमय सेवाको लागि उनलाई के दिइयो ? भन्दा मृत्यु अर्थात् मृत्यु दिएर समाप्त गरियो । तर उनको आत्माले “हे राम” मात्र भनेर यही नमस्तेको उद्गमस्थल देवत्वको आधारमा धाममा पुग्न सच्चाइ तथा नम्रताको पखेटा हालेर उड्यो । तर नमस्ते भावनालाई परित्याग गरेर मानिसहरू राम्रो अवस्थामा छन् वा छैनन् भन्ने कुरो हामी आपैmँलाई जाँच्न सक्छौँ ।

                    यो सरल तर अति महत्वपूर्ण अभिवादनले जात, धर्म, वर्ण तथा राष्ट्रियताको वास्ता नराखी मानिसको प्रगति गराउने र सो प्रगतिको लागि योगदान दिने भएकोले सबैले यसलाई एउटा राम्रो चलनको रूपमा लिनु योग्य कुरो हो । यसलाई भावनासहित सजिलैसित यसको पुनर्जागरण गर्न सकिन्छ । यो एउटा सम्भाव्य अन्तर्राष्ट्रिय अभिवादन पनि हो, किनभने प्रत्येक कुरामा एकत्वको सच्चा भावनाले हेरी विस्तारित चेतना प्राप्त गर्ने यसको लक्ष्य हो ।

                    यस अभिवादनले सधैँ सम्बन्धित मानिसलाई प्रत्यक्ष सम्बोधन गर्ने हुँदा यस प्रकारके अभिवादन अन्य प्रकारको दाँजोमा स्वयम् पूर्ण हुन्छ भन्ने कुरो पनि यसको पक्षको अर्को बुँदा हो । अतः यसलाई हाम्रो देशमा राष्ट्रिय अभिवादनको रूपमा पुनरस्थापना गर्न सकिन्छ । हाम्रा राष्ट्रिय विभूतिहरू राष्ट्रिय गीत, राष्ट्रिय पन्छी र राष्ट्रिय संस्कृति भएजस्तै हाम्रो राष्ट्रिय अभिवादनको रूपमा नमस्ते पनि हुन सक्छ ।

     ( लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ )

    तस्विर : इबे जीओभी युके

    • मनाङमा विदेशी पर्यटकको आकर्षण

      घुम्न लायक स्थानका रूपमा विश्वसामु परिचित मनाङमा पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दै गएको छ । स्वदेशी पर्यटकको तथ्याङ्क नराखिए पनि बाह्य पर्यटकको अभिलेखीकरण अनुसार वार्षिक रूपमा यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो ।

      विश्वको जोखिमयुक्त भनेर पहिचान गरिएको अन्नपूर्ण पदमार्ग यात्रामा आउने विदेशी पर्यटकको रोजाइमा मनाङ प्राथमिकतामा पर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । सन् २०२४ मा मनाङमा ३० हजार आठ सय ६६ पर्यटक भित्रिएका छन् । एक वर्षमा १८ हजार चार सय ९९ पुरुष, १२ हजार तीन सय ६२ महिला र पाँच जना अन्य विदेशी नागरिक यहाँ आएका तथ्याङ्क रहेको इकाईका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो ।

      यहाँ आउने पर्यटक अन्नपूर्ण पदमार्गका साथै मनास्लु पदयात्रामासमेत निस्कने गरेका इकाईअन्तर्गत धारापानीमा भएको अभिलेखीकरण उल्लेख छ । उहाँका अनुसार तीन वर्षको वार्षिक तथ्याङ्कअनुसार हालसम्म बढी मात्रामा फ्रान्सका नागरिक यहाँ आएका देखिन्छ ।

      हिमाली क्षेत्र, अग्ला पहाड र जैविक विविधताले भरिपूर्ण रहेकाले यहाँ पर्यटकको आकर्षण बदेको भन्दै यहाँ आउने पर्यटकले मानव जीवनको वास्तविकता, स्थानीय परिकार र संस्कृति, रहनसहन, प्राकृतिक सुन्दरतालगायत हिमाली दृश्य अवलोकन गर्न आकर्षित हुने भुजेलले बताउनुभयो । बाइस हजार ३९ पर्यटक थोराङ्रा भञ्ज्याङ र तिलिचो ताललगायत क्षेत्रको भ्रमण गरेका छन् भने आठ हजार आठ सय २७ पर्यटकले मनास्लु पदमार्गको यात्रा गरेका उहाँले जानकारी दिनुभयो ।

      दुई सिजनमा पर्यटकको आवागमन हुने भन्दै पहिलो सिजन (मार्च, अप्रिल र मे) महिनामा बढी पर्यटकको आगमन हुने भुजेलले बताउनुभयो । त्यस्तै दोस्रो सिजनअन्तर्गत सेप्टेम्बर, नोभेम्बर, अक्टोबर र डिसेम्बरमा पर्यटकको आगमन तुलनात्कम रूपमा कम हुन्छ ।

      सन् २०२३ मा २१ हजार दुई सय ४७ पर्यटक भित्रिएको तथ्याङ्कमा अभिलेखीकरण छ । सन् २०२३ मा १८ हजार ८३ विदेशी नागरिकले थोराङ्रा भञ्ज्याङ, तिलिचो ताल, गङ्गापूर्ण ताल, आइसलेकलगायत हिमतालको भ्रमणका गरेका छन्, भने तीन हजार एक सय ६४ विदेशी नागरिकले मनास्लु पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ मा पनि सबैभन्दा बढी फ्रान्सका नागरिक आएको इकाईका प्रमुख भुजेलले जानकारी दिनुभयो ।

      सन् २०२२ मा १५ हजार आठ सय ५५ विदेशी नागरिकले मनाङ भ्रमण गरेका थिए । यहाँ आउने अधिकांश विदेशी पर्यटक विश्वको दशौंँ स्थानमा पर्ने जोखिमयुक्त अन्नपूर्ण पदमार्गमा यात्राका लागि आउने गरेका छन् । फ्रान्स, इजरायल, जर्मनी, भारतका साथै अन्य देशका नागरिक आउने क्रम विस्तारै बढ्दै गएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इकाईले जनाएको छ । यसका साथै अमेरिका, अष्टे«लिया, चीन, रसिया, नेदरल्याण्ड, पोल्याण्डलगायत एक सय २५ देशका नागरिक यहाँ आउने गरेका इकाईका प्रमुख भुजेलले उल्लेख गर्नुभयो ।

      कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । पर्यटक हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटक आउने गर्दछन् । यहाँ आउने अधिकांश पर्यटक अन्नपूर्ण पदमार्गमार्फत मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् ।

      अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरुआत हुन्छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँच वटा जिल्ला जोडिएका छन् ।

      काठमाडौँबाट बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक यातायात सहज भएपछि सवारीसाधनमा चामे, खाङ्सारसम्म पर्यटक पुग्ने गरेका पाइन्छन् । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा सुरु गरिन्छ । रासस

      बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक 

      बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ । हाल वार्षिक एक लाख पर्यटक आगमन भइरहेकामा त्यसलाई दोब्बर बनाउने लक्ष्यका साथ काम भइरहेको भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङले बताउनुभयो ।

      भ्रमण वर्षको अवसरमा आसपासका पालिकाका गन्तव्य समेटेर नयॉ पदमार्ग विकास गरिने गुरुङको भनाइ छ । भ्रमण वर्षका अवसरमा विभिन्न मितिमा २४ वटा सांस्कृतिक कार्यक्रम, साहित्यिक सम्मेलन, साहसिक पर्यटकीय गतिविधि सञ्चालन गरिने जनाइएको छ ।

      गुरुङले बन्दीपुर बजारको मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरुको अध्ययन, अनुसन्धान गरी तिनीहरुको आधिकारिक पहिचान, उचित संरक्षण र व्यवस्थापन गरी स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय स्तरसम्म एकापसमा सम्मान, सद्भाव र भाइचाराको अभिवृद्धि गर्ने बन्दीपुर भ्रमण वर्षको उद्देश्य रहेको उहाँले बताउनुभयो । बन्दीपुर भ्रमण वर्षको क्रममा पूर्वाधार विकास, तथ्याङ्क सङ्कलन, दक्ष जनशक्ति उत्पादन, पर्यटन व्यवसायीको स्तर मापन कार्यक्रम गरिने उहाँले उल्लेख गर्नुभयो ।

      भ्रमण वर्षको अवसरमा नेपालका छ वटा याम अनुसारको प्याकेज निर्माण एवं प्रबर्धन गर्ने, भारतीय र चिनियाँ पर्यटक अनुकुल प्याकेजमा ध्यान दिने, हाल मुलुकमा बाह्य पर्यटक आगमन सङ्ख्या वृद्धि भए पनि बसाइ अवधि र खर्च घटेको कारण उक्त कुरालाई ध्यानमा राखी प्याकेज तयार गरिने उहाँले बताउनुभयो ।

      बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले पालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने बताउनुभयो । बन्दीपुर बजारमात्रै नभई गाउँ गाउँमा रहेका गन्तव्य परिचित गराउने र त्यस ठाउँमा पर्यटक पुगाउने लक्ष्य लिइएको उहाँको भनाइ थियो । उहाँले बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनः बन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको समेत जानकारी दिनुभयो ।

      भ्रमण वर्ष सफल पार्न देशका मुख्य शहर काठमाडौ, पोखरा, चितवन, लुम्बिनी लगायत पुगेर बन्दीपुरको प्रचारप्रसार गरिने छ । पर्यटनलाई आम्दानीको मुख्य स्रोत मानेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विभिन्न कार्यक्रम गरिने थापाको भनाइ छ । उहाँले भन्नुभयो, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

      गण्डकी प्रदेशको पोखरापछिको प्रमुख पर्यटकीय गन्तव्य बन्दीपुरका छ वटै वडाका पर्यटकीय स्थलको दिगो विकासका लागि पर्यटकीय केन्द्र बनाउने सोच राखिएको थापाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ प्याराग्लाडिङ, जिपलाइन जस्ता सहासिक खेलहरुको सम्भाव्यता अध्ययन गरिनेछ ।”

      खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यमा सूचीकृत गरेको छ ।

      सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छरे, धौलागिरी लगायतका हिमशृङ्खला देख्न सकिन्छ । रासस

      लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटक सङ्ख्या २५ हजार 

      रसुवाको पवित्र तीर्थस्थल गोसाईकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या पच्चीस हजार नाघेको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले गोसाईकुण्ड र लाङटाङ क्षेत्रको भ्रमण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साहले जानकारी दिनुभयो ।

      यसरी रसुवा भ्रमण गर्न आउनेमा स्वदेशी तथा विदेशी गरी महिला नौ हजार एक सय तीन र पुरुष १६ हजार चार सय १८ रहेका छन् । यसैगरी सार्क राष्ट्रका छ हजार एक सय ६७ जना विदेशी पर्यटक रसुवा घुम्न आएको निकुञ्जको विवरणमा उल्लेख छ । लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले पर्यटक, वन पैदवार, न्यायिक दण्ड तथा जरिवाना, सरकारी सम्पतिको बहालबाट दुई करोड २८ लाख सात हजार एक सय ८३ राजस्व सङ्कलन गरेको जनाएको छ ।

      निकुञ्ज क्षेत्र आसपासमा बसोबास गरिरहेका र अन्य जन्तुबाट अन्नबाली क्षति पुर्याएका ४३ किसानलाई नियमानुसार मुल्याङ्कनका आधारमा चार लाख आठ हजार छ सय ५० राहत वितरण गरेको प्रमुख साहले बताउनुभयो । निकुञ्ज संरक्षणलाई प्रभावकारी बनाउन स्थानीय निकुञ्जवासीको साथ सहयोग रहिआएको, शान्तिसुरक्षाका लागि तैनाथ श्रीनाथ गणबाट नियमित गस्ती भइरहेको, सुख्खायाममा लाग्ने डँडेलो नियन्त्रणका लागि जनचेतना जगाउने कामलाई प्राथमिकतामा राखेको र अग्नि नियन्त्रणका सामग्रीसहित पूर्वतयारी अवस्थामा रहेको निकुञ्जले स्पष्ट गरेको छ ।

      यसैगरी निकुञ्जले समग्र वन तथा वनस्पति एवम् जैविक विविधताको संरक्षण गर्न समयसापेक्ष जनचेतना अभिवृद्धि गर्ने, रेडपाण्डा र हिम चितुवाको संरक्षणका लागि थप अध्ययन अनुसन्धान गराउने कामलाई प्राथमिकतामा राखेको छ । गोसाईकुण्ड जादाँ काठे-लौरीको नाममा वनस्पति नकाट्न, पवित्रकुण्डमा स्नान गरेपछि शरीरमा लगाएका कुनै पनि वस्त्र कुण्ड आसपासका क्षेत्रमा नफ्याँक्न, कुण्डतर्फ जानेक्रममा पैदलमार्गमा भेटिने जनावरलाई नजिस्क्याइ संरक्षण अभियानमा साथ दिन र तोकिएको स्थानका भाडामा मात्र फोहर राखी वातावरण संरक्षण कार्यमा साथ दिन सबै यात्रु तथा पर्यटकसमक्ष निकुञ्ज प्रमुख शाहले अनुरोध गर्नुभयो ।

      धार्मिकशास्त्र अनुसार लौरीविनायकमा चढाउने लठ्ठीका लागि निगालोमात्र प्रयोग गर्न अनुरोध गर्दै भगवान शिव निलाद्रि पर्वत जाँदा बेतको लठ्ठी प्रयोग गर्नुभएकाले  भक्तजनले बाँस या नियालोको लठ्ठी प्रयोग गर्दा उपयुक्त हुने प्रमुख शाहले बताउनुभयो । यसैगरी मालपोत कार्यालय रसुवाले जग्गा जमिनको कारोबारअन्तर्गत चालू आवको साउनदेखि मङ्सिरसम्म पाँच सय १० थान रजिस्ट्रेसन पारित गरेको जनाएको छ ।

      मालपोत अधिकृत गणेश श्रेष्ठका अनुसार जग्गा लेनदेन कारोबारअन्तर्गत एक सय ३९ धितो बन्धकको लिखत पारित भएका छन् । रजिस्टेसन, नामसारी, जरिवाना, पूँजीगत लाभकर र अन्य विविध शीर्षकबाट पाँच महिनाको यस अवधिमा ९० लाख चार हजार एक सय ४५  राजस्व दाखिला भएको जिल्ला मालपोत प्रवक्ता सविता पौडेलले जानकारी दिनुभयो । हिमाली क्षेत्र भएका कारण चिसोयामलाई मध्यनजर गरी मालपोत कार्यालयभित्र सेवाग्राही विश्राम स्थल बनाइएको, महिला-पुरुषका लागि छुट्टाछुट्टै शौचालय र बालबच्चा लिई आउने महिला सेवाग्राहीलाई स्तनपान गराउने कक्ष, तातोचिसो पानीका लागि डिस्पेन्सर, मालपोतसम्बन्धी जानकारी दिने कक्ष र समाचार तथा मनोरञ्जनका लागि  टेलिभिजनको व्यवस्था गरिएको छ । रासस

      यात्रा नेपाल

      हेलिकप्टरबाट हेर्दा -सगरमाथा